राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गरेकी छन्।
उनले मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ खारेज गरेकी हुन्।
संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सोमबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा ती दुवै अध्यादेश जारी गरेकी थिइन्।

अध्यादेश जारी भएपछि विपक्षीले मात्र होइन, सत्तारुढ दलकै शीर्ष नेताहरुले समेत त्यसको विरोध गरेका थिए।
बुधबार र बिहीबार समाजवादी पार्टी फुटाउने प्रयास असफल भएपछि प्रधानमन्त्री ओली अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए।

प्रतिक्रिया