राजनीति


शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय अलग गर्न महावीर पुनले थाले छलफल

शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय अलग गर्न महावीर पुनले थाले छलफल

नेपालखबर
असोज ३०, २०८२ बिहिबार ११:४९, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मन्त्रालयलाई दुई भागमा विभाजन गर्ने विषयमा छलफल थालेका छन्। 

शिक्षा मन्त्रालयबाट विज्ञान तथा प्रविधि मन्त्रालय अलग गर्ने विषयमा बुधबार छलफल थालिएको उनले बताएका छन्।  

‘विज्ञान प्रविधि, नवप्रर्वतन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान तथा विज्ञान प्रविधिसम्बन्धी सम्पूर्ण कामहरू सोही मन्त्रालयमार्फत गर्ने/गराउने कुराको फाइदाबारे छलफल सुरु गरियो’, उनले भनेका छन्। 

यस्तै उनले अघिल्ला सरकारका पालामा विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नमिलेर रिक्त रहेका पदहरूमा नियुक्ति पनि थालेका छन्। 

यस क्रममा बुधबार नेपाल खुला विश्वविद्यालयमा रिक्त पदमा १० जना र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ७ जना सिनेटर नियुक्ति गरिएको उनले जानकारी दिएका छन्। 

‘विश्वविद्यालयहरूमा पहिलेका सरकारको पालामा राजनैतिक भागबन्डा नमिलेर रिक्त रहन गएका निकै धेरै पदहरूमा निष्पक्ष तरिकाले योग्य पदाधिकारीहरू छान्ने काम अगाडि बढाएको छु। यसमा कुनै भनसुन लाग्ने छैन’, मन्त्री पुनले भनेका छन्।  

राजनीतिक दबाबबिना सिनेटर नियुक्ति गर्दै रोकिएका काम अगाडि बढाइएको उनले बताए।

यसैगरी बुधबार सीटीईभीटीईको २०६९ देखि सम्बन्धनका लागि निवेदन दिएको तर अहिलेसम्म प्राप्त नभएका विषयमा आवेदनहरूको छानबिन गरी मंसिरभित्र नतिजा निकाल्न कार्यदल गठन पनि गरिएको मन्त्री पुनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad