राजनीति


म बिग्रेको भए पो सप्रिने: केपी ओली

म बिग्रेको भए पो सप्रिने: केपी ओली

नेपालखबर
असोज २९, २०८२ बुधबार १३:४८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पद फेसबुकले निर्धारण नगर्ने बताएका छन्।  केन्द्रीय कमिटीले निर्धारण गर्ने उनको भनाइ छ।  

'अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु। मैले हट्नु पर्छ कि पर्दैन फेसबुकले भन्ने होइन। यही पंक्तिले भन्ने हो,' केन्द्रीय कमिटी बैठकमा उनले भने, 'यस (केन्द्रीय कमिटी)को आदेशमा जुनसुकै कुरा हुन्छ।' 

अखबारबाजी गरेर नहुने उनको भनाइ छ। 'बाहिर गएर अखबारबाजी गरेर कतिपय साथीले बोकेर हिड्न सकिँदै भनेको सुन्छु,' ओलीले भने, 'म आफैँ हिँड्न सक्छु किन बोक्नपर्‍यो।' 

पार्टी र पदबाट हट्ने पनि प्रक्रिया हुने उनले स्मरण गराए। 'अझै सप्रेन ओली भन्छन्। बिग्रेको हुनुपर्‍यो नि सप्रिन,' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad