गृहमन्त्री ओमप्रकाश अर्यालले उजुरी परे झापाको गिरीबन्धु टि-स्टेटको जग्गा सम्बन्धी फायल पनि खुल्ने बताएका छन्।
मंगलबार काठमाडौँमा सञ्चारकर्मीले गिरीबन्धुलगायतका फायल कहिले खुल्छन्? भन्दै गरेको प्रश्नको जवाफमा उनले उजुरी आए अनुसन्धान अगाडी बढ्ने बताएका हुन्।
‘उजुरी आउनु पर्यो। उजुरी आएपछि त्यो अख्तियारमा पनि आउनु पर्यो। मान्छेहरू ठगिएका छन् भने प्रहरी प्रशासनमा आए पनि हुन्छ। अथवा, हाम्रो नोटिसमा ल्याइदिनु भयो भने लिखित रुपमा’, गृहमन्त्री अर्यालले भने, ‘मन्त्रीले उजुरी हाल्दै हिँड्दैन यो कुरा अपेक्षा नगर्नु होला।’
अब सबै कुरा कानुन बमोजिम हुने र पहिले जस्तो आदेशले नहुने पनि अर्यालले बताए।
‘भइरहेको कानुन कार्यन्वयन हुन्छ कानुनले आफ्नो कोर्ष लिन्छ। कुनै पूर्वाग्रह राखेर हुँदैन। प्रमाण हेरिन्छ। हाम्रा संयन्त्रहरूले त्यही हेरेर काम गर्छन्’, अर्यालले भने।
Shares

प्रतिक्रिया