काठमाडौं महानगरपालिकाले विभिन्न क्षेत्रका अवकाशप्राप्त व्यक्तिहरूसँग स्वयम्सेवकका रुपमा काम गर्न आग्रह गरेको छ।
महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षण लगायतका क्षेत्रमा महानगरसँग मिलेर काम गर्न आग्रह गरेका हुन्।
उनले लेखेका छन्, ‘तपाईं ४५ वर्ष पूरा हुनुभयो? जागिर वा व्यवसायबाट अवकाश हुनुभयो? अवकाश पश्चात बिश्राम भन्दा पनि समाजको लागि केही योगदान गर्ने सोच सहित आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौं। तपाईंको अनुभवलाई उपयोग गर्दै देश निर्माणमा एउटा इँटा थप गर्ने अवसर सहित सिल्भर भोलिन्टियर कार्यक्रम ल्याएका छौं। विभिन्न क्षेत्रबाट अवकाश प्राप्त महानुभावहरुको ज्ञान, सीप र सोचलाई शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास, सम्पदा संरक्षण लगायतका क्षेत्रमा महानगरसँगै मिलेर काम गर्नको लागि तलको लिंकमा क्लिक गरी आजै आवेदन दिनुहोस्।’
उनले आवेदन दिने लिंक सार्वजनिक गर्दै थप जानकारीको लागि सहरी योजना आयोगको सचिवालय, विवेक बास्तोलालाई (मोबाइन नं ९८४८०१८२१५) मा सम्पर्क गर्न आग्रह गरेका छन्।
Shares

प्रतिक्रिया