समाज


जेनजी आन्दोलनमा भागेका साढे ६ हजार कैदीबन्दीको विवरण सार्वजनिक, ५४० भारतीय फरार

जेनजी आन्दोलनमा भागेका साढे ६ हजार कैदीबन्दीको विवरण सार्वजनिक, ५४० भारतीय फरार

फाइल तस्बिर


उजिर कार्की
असोज २६, २०८२ आइतबार २०:६, काठमाडौँ

कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनका क्रममा भागेका र हालसम्म पनि नफर्किएका कैदीबन्दीको विवरण सार्वजनिक गरेको छ। 

नेपाली ५ हजार ८६८, भारतीय नागरिक ५४० र अन्य विभिन्न देशका १०८ जना कैदीबन्दी फरार छन्।  उनीहरूको विवरण आइतबार कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको हो। 

भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। आन्दोलनको क्रममा देशका अधिकांश कारागारबाट कैदी भागेका थिए। कैदीबन्दीको विवरण विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाएको छ। 

गृहमन्त्रालय, निर्वाचन आयोग, सुरक्षा निकायहरू, अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायत सेवाग्राहीको आवागमन हुने निकायमा पनि पठाइएको छ। 

मन्त्रालयले फरार कैदीबन्दी खोजी गर्न कार्यदलसमेत गठन गरेको थियो। कार्यदलले अब थप सशक्तरुपमा खोजी गर्ने भएको छ। 

यस्तो छ फरार कैदीबन्दीको विवरण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad