काठमाडौँ जिल्ला प्रशासनको आदेश अवज्ञा गर्दै आज राजावादीहरूले सामाखुसीमा जुलुस गरेका छन्।
उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए।
प्रहरीको घेराभित्र सामाखुसी चोकमा २० मिनेटजति नाराबाजी गरेका उनीहरूले फेरि अर्को शनिबार प्रदर्शन गर्ने बताएका छन्।
एमालेको राष्ट्रिय युवा संघले जुलुस निकाल्ने भनेपछि हिजो शुक्रबार मात्र काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी शान्ति सुरक्षाको स्थिति बनाइराख्न भन्दै अनुमति दिएको थिएन।
हेर्नुहोस् यी तस्बिरमा सामाखुसीमा राजावादीले गरेको प्रदर्शन-







531
Shares

प्रतिक्रिया