नेपाली कांग्रेसका कार्यकर्ताहरूले सभापति शेरबहादुर देउवा, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध टाँगिएका ब्यानर हटाएका छन्।
शुक्रबार साँझ माइतीघर मण्डला पुगेका कार्यकर्ताहरूले नेताविरुद्धका ब्यानर हटाएका हुन्।
त्यसक्रममा प्रहरीले उनीहरूलाई रोक्न खोजेको थियो।
कांग्रेसका महाधिवेशन प्रतिनिधि चामबहादुर थापाले भने, ‘पार्टी सभापति शेरबहादुर देउवा, नेतृ एवम् पूर्वपरराष्ट्रमन्त्री डा आरजु राणा र पूर्वगृहमन्त्री रमेश लेखकज्यूको चरित्रहत्या हुने गरी राखिएका तस्बिरहरू हटाएका छौँ।’
तत्कालीन गृहमन्त्री लेखकले जेनजी आन्दोलनमा दमन गरेको आरोप छ भने देउवा र राणाले भ्रष्टाचार गरेर सम्पत्ति थुपारेको भन्दै केही युवाहरूले उनीहरू विरुद्ध ब्यानर टाँगेका थिए।
गत २४ भदौको जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि कुटपिट समेत भएको थियो।
यसअघि बिहीबार नेकपा एमालेका कार्यकर्ताहरूले पनि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा टाँगिएका ब्यानरहरू हटाएका थिए।
Shares

प्रतिक्रिया