राजनीति


संसद् पुनर्स्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन, कांग्रेस पनि यही गर्ने छ : ओली

संसद् पुनर्स्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन, कांग्रेस पनि यही गर्ने छ : ओली

नेपालखबर
असोज २३, २०८२ बिहिबार १४:१७, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्। 

नेकपा (एमाले)भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गरे।

‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढने बाहेक अर्को विकल्प छैन,’ ओलीले भने, ‘मैले विश्वास लिएको छु- नेपाली कांग्रेसले पनि आफूलाई यही बाटोमा अगाडि बढाउने छ। नेकपा एमाले यही बाटोमा अघि बढनेछ। अरु पार्टीहरु पनि यही बाटो अगाडि बढ्नेछन्। अर्को बाटो छैन देशलाई लोकतान्त्रिक बाटोमा, प्रणालीमा फर्काउन।’

समयमै यस्तो कदम नचालेमा पछुताउनुुपर्ने उनको जिकिर छ। ‘त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरू, क्रियाकलापहरू त्यसलाई स्वीकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुनेछ,’ ओलीले भने, ‘हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौ भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad