राजनीति


७२ दिनमै श्रमिकहरुको पहिलो सरकार ढलेको भन्दै जेनजीलाई सुदनका ३ सुझाव

७२ दिनमै श्रमिकहरुको पहिलो सरकार ढलेको भन्दै जेनजीलाई सुदनका ३ सुझाव

नेपालखबर
असोज २३, २०८२ बिहिबार १२:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुुदन किराँतीले विश्व इतिहासमा श्रमिकहरुको पहिलो सरकार ७२ दिनमै ढलेको भन्दै जेनजीहरूलाई सतर्कता अपनाउन सुझाव दिएका छन्। 

फेसबुकमा जेनजीले बुझ्नुपर्ने कुरा भन्दै उक्त सरकार ढल्नुका मुख्य ३ कारण उल्लेख गरेका छन्। 

उनले लेखेका छन्ः
जेनजीले बुझ्नु पर्ने कुरा।
विश्व इतिहासमा श्रमिकहरुको पहिलो सरकार विभत्स ढंगले ७२ दिनमै ढलेको थियो। 
मुख्य कारणहरूः

१. अनुभवको कमी, पुरानो सत्ताको बलियो संयन्त्र, पुरानो शक्तिलाई सत्ता गुमेको चरम पीडा। 
२. आन्तरिक कलहले नेतृत्व विभाजित हुँदा मुख्य काममा केन्द्रित हुन नसक्नु। 
३. प्रतिशोधपूर्ण सोचाइ भयो तर राष्ट्रिय एकतामा ध्यान पुगेन। 
परिणामः ७२ दिनमा श्रमिकहरुको  सरकार ढल्यो, हजारौँ हजारलाई विभत्स मृत्युदण्ड दिए, हजारौँ हजारलाई जेल र निर्वासन गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad