नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशभरबाट जाहेरी दिएको छ।
उपाध्यक्ष अञ्जना सिवाकोटीले अनेरास्ववियुका देशभरका समितिले आज एकै दिन किटानी जाहेरी दिएको नेपालखबरलाई जानकारी दिइन्।
‘हाम्रा मतहतका सबै कमिटीले आज नजिकको प्रहरी कार्यालयमा गएर जाहेरी दिएका छन्,’ उनले भनिन्, ‘कुनै कमिटीले आफ्नै तरिकाले दिनु भएको छ। तर, अधिकांशले एउटै व्यहोरामा जाहेरी दिनु भएको छ।’
अनेरास्ववियुले दिएको जाहेरीमा जेनजी आन्दोलनका बेला बालेनको योजनामा आगजनी भएको सुदन गुरुङ लगायतको समूहले त्यसलाई कार्यान्वयन गरेको आरोप लगाइएको छ।
795
Shares

प्रतिक्रिया