राजनीति


विपद् व्यवस्थापनका निम्ति तयार रहन कार्यकर्तालाई एमालेको आग्रह

विपद् व्यवस्थापनका निम्ति तयार रहन कार्यकर्तालाई एमालेको आग्रह

नेपालखबर
असोज १८, २०८२ शनिबार १५:३२, काठमाडौँ

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गरेका छन्।

महासचिव पोखरेलले आज अपिल जारी गर्दै जनसुरक्षालाई प्राथमिकता दिई सरोकारभएका राज्यका निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई सक्रिय रहन निर्देशन दिएका छन्।

साथै उनले जनतालाई सचेत रहँदै परस्पर सहयोग र एकताको भावनाका साथ  विपद् व्यवस्थापनमा सहभागी हुन आह्वान गरेका हुन्। 

‘यो विपद्को बेला प्रत्येक जिम्मेवार नागरिक र हाम्रो पार्टी संरचना जनताको सुरक्षामा अग्रपङ्क्तिमा रहनुपर्छ। बाढी, पहिरो र डुबानबाट जोखिममा परेकालाई तत्काल सहयोग र उद्धार गर्न तयार रहन आग्रह गर्दछु’, महासचिव पोखरेलले भनेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad