अर्थ मन्त्रालयले भदौ २३ र २४ को जेनजी आन्दोलनपछि क्षतिग्रस्त संरचना निर्माणका लागि खोलिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषकै खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ।
सूचनामार्फत मन्त्रालयले स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघ संस्थामा जम्मा भइरहेको जानकारी पाएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
‘समानान्तर र अपारदर्शी ढंगले स्रोतको उपयोग हुन नदिन नेपाल सरकार कटिबद्ध छ’, मन्त्रालयले भनेको छ, ‘जेनजी आन्दोलनका क्रममा भएका सहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैरसरकारी संघसंस्थाहरुमा जम्मा भइरहेको जानकारी प्राप्त भएकाले यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
सरकारले राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि भौतिक पूर्वाधार निर्माण कोष स्थापना गरी सहयोग आह्वान गरेको पनि स्मरण गराएको छ।
‘अतः स्वदेश तथा विदेशमा यस प्रयोजनाका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढंगले परिचालन गर्न कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न गराउनुहुन अनुरोध छ’, सूचनामा भनिएको छ।
कोषमा जम्मा हुने रकमबटै राहत र पुनर्निर्माणका साथै जेनजी सहिद तथा घाइते परिवारका प्रतिनिधिहरुसमेतको सहभागितामा समुचित प्रयोग गरिने मन्त्रालयले उल्लेख गरेको छ।

Shares

प्रतिक्रिया