राजनीति


सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ अब राजनीतिबाट समाजसेवामा

सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ अब राजनीतिबाट समाजसेवामा

नेपालखबर
असोज १७, २०८२ शुक्रबार १९:५, काठमाडौँ

जेनजी आन्दोलनको अगुवाका रुपमा चर्चित सुदन गुरुङले अब राजनीति छोडेर समाजसेवा गर्ने स्पष्ट पारेका छन्। 

उनले आफ्नो संस्था ‘हामी नेपाल’लाई अब जेन–जी आन्दोलनबाट पूर्णतया अलग गराउने बताएका हुन्।

फेसबुकमा भिडिओ प्रसारण सुदनले ‘विगतमा जस्तै सामाजिक काममा मात्र केन्द्रित हुने’ जनाएका छन्।

हामी नेपालले लामो समयदेखि समाजका बेथिति, विसंगति र भ्रष्टाचारविरूद्ध आवाज उठाउँदै आएको उनले बताए।

उनले भनेका छन्, ‘अब जेन–जी र हामी नेपाललाई पूर्णतया अलग गराउने हाम्रो सोचाइ छ। हामी नेपाल एक सामाजिक संस्था हो, र यो विगतमा जस्तै सामाजिक काममा मात्र केन्द्रित हुनेछ।’

जेन–जी आन्दोलनपछि चर्चामा आएका गुरूङकै अगुवाईमा सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरिएको थियो। उनी कार्कीको शपथग्रहण समारोहमा उपस्थित थिए। 

 

कतिपय मन्त्री नियुक्तीमा समेत उनको भूमिका रहेको बताइन्छ। तर, पछि मन्त्री नियुक्तिमा उनको असन्तुष्टि सार्वजनिक भएको थियो।

जेन–जी आन्दोलनका सहिद र घाइतेहरूका नाममा हामी नेपालले पैसा उठाएर दुरूपयोग गरेको आरोपको पनि उनले खण्डन गरेका छन्। उनले आफूहरूलाई विभाजित गर्न यस्तो अफवाह फैलाइएको आरोप लगाएका छन्।

‘आन्दोलनको समयदेखि अहिलेसम्म हामीले कसैसँग एक पैसा सहयोग लिएका छैनौं,’ उनले भने, ‘राजनीतिक पार्टीका साइबर सेनालाई हामीलाई विभाजित गर्न यस्तो अफवाह फैलाएका हुन्।’

यो अफवाह मेट्न हामी नेपालले छुट्टै वेबसाइट बनाएर त्यसमा आन्दोलनका सहिद र घाइतेहरूको सूची राख्ने र इच्छुक दाताहरूले सम्बन्धित परिवारलाई सिधै सहयोग गर्न सक्ने उनले बताए।

त्यस्तै, हामी नेपालले देशभरका जनताको माग सम्बोधन गर्न एकीकृत एजेन्डा तयार पार्ने काम गरिरहेको पनि उनले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad