राजनीति


माओवादी नेताहरू भन्छन्ः अब विकल्प दुईवटा मात्र, समाप्त या रुपान्तरण?

माओवादी नेताहरू भन्छन्ः अब विकल्प दुईवटा मात्र, समाप्त या रुपान्तरण?

नेपालखबर
असोज १०, २०८२ शुक्रबार १६:५५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का नेताहरुले पार्टी रुपान्तरण जरुरी रहेको बताएका छन्।

बिहीबारदेखि काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय कमिटीको बैठकका क्रममा प्रज्ञा परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेताहरूले यस्तो बताएका हुन्। उनीहरूले पार्टीलाई रुपान्तरण गर्नुको विकल्प नभएको बताए। भ्रष्टीकरणको कारणले राजनीतिक दलहरूप्रति जनताले विश्वास नगरेको जिकिर गरे। 

सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता सुदन किराँतीले अब यथास्थितिमा पार्टी चल्न नसक्ने बताए। उनले प्रतिवद्धता गरेका कुराहरु व्यवहारतः लागू हुनुपर्ने बताए। जेनजी आन्दोलनले सबै पार्टीलाई विघटन गरेको भन्दै रुपान्तरणको विकल्प नरहेको बताए। समाप्त हुने की रुपान्तरण गर्ने भन्ने भन्दा अर्को मार्ग नरहेको उनको भनाई थियो।

उनले जनतालाई अनुभुति हुनेगरी रुपान्तरित भएको महशुस गराउने गरी अघि बढ्नुपर्ने बताए। भ्रष्टाचारीहरूलाई यथासक्य कारबाही गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्नेमा उनले जगोड दिए।

अर्का नेता माधव सापकोटाले बहुसंख्यक सदस्यहरूले विशेष महाधिवेशनको कुरा समय सान्दर्भिक रहेको उल्लेख गरेको जानकारी दिए। पार्टीमा जटिलता र कमजोरीहरू रहेको र रुपान्तरणको तयारी गर्नुपर्ने माग उठेको बताए। पदाधिकारीहरूले आफ्नो जिम्मेवारीअनुसार जस—अपजस लिनुपर्ने प्रस्ताव आएको बताए।

अर्का नेता राम कार्कीले पार्टी नयाँ बनाउनका लागि कुनैपनि पुरानो चिजलाई आंशिक र आवधिक रुपमा भत्काउनुपर्ने बताए। अहिलेको पार्टीको संरचनामा आंशिक र आवधिक रुपान्तरण जरुरी रहेको बताए। मजदुर किसानको सम्बन्ध टाढिन दिन नहुने जिकिर गरे।

मतदाता र मत पाउने पार्टीको सम्बन्ध टुटिसकेपछि भ्याकुम उत्पन्न भएको उनको भनाई थियो। उनले जेनजी आन्दोलनले राजनीतिक दलमाथि प्रश्न खडा गरिदिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad