नेकपा एकीकृत माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भदौ २३ र २४ को जेनजी प्रदर्शनको फाइदा अरुले नै उठाएको बताएका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा टिप्पणी गर्दै उनले देशी विदेशी प्रतिक्रान्तिकारी प्रतिक्रियावादी शक्तिहरुले जेनजी प्रदर्शनलाई हाइज्याक गरेको दाबी गरेका हुन्।
‘जहाँसम्म जेन्जी आन्दोलनको प्रसंग हो जेन्जी आन्दोलनको बारेमा धेरै कुरा यहाँ भइसक्यो मैले त्यति मात्रै राखौ। जे जस्तो परिस्थितिमा ति असन्तुष्टिहरु प्रकट भइराखेका थिए र त्यो यथा समयमै हाइज्याक भयो’, उनले भने, ‘देशी विदेशी प्रतिक्रान्तिकारी प्रतिक्रियावादी शक्तिहरुले त्यसलाई हाइज्याक गरे स्वयम् जेन्जीका लिडरहरुले नै आन्दोलन हाइज्याक भयो र हामी सित भयो भन्ने कुरा सार्वजनिक रुपमा घोषणा गरिसकेको स्थिति थियो।’
यस्तो छ केन्द्रीय समिति बैठकमा बस्नेतको मन्तव्य
जेन्जी आन्दोलन उत्पन्न परिस्थिति र विकसित घटनाक्रमहरुको बारेमा अध्यक्षले अत्यन्त सटीक ढंगले तीनवटा कुरा भूमिकामा नै प्रस्तुत गर्नुभएको छ। राजनीतिक परिस्थिति निकै एउटा गम्भीर मोडमा आइपुगेको छ राष्ट्रिय राजनीति राजनीतिक दलहरुले आफ्नो औचित्यको पुनर्पुष्टि गर्नुपर्ने चुनौती खडा भएको छ र युवाहरुको भूमिका र आवश्यकतालाई नयाँ ढंगले स्थापित गर्नुपर्ने देखिएको छ।
सायद आजका हाम्रा छलफलका विषयवस्तुहरु यिनै यही संश्लेषणको वरिपरि हुनुपर्छ र हुन्छ भन्ने मलाई लाग्दछ। जहाँसम्म जेन्जी आन्दोलनको प्रसंग हो जेन्जी आन्दोलनको बारेमा धेरै कुरा यहाँ भइसक्यो मैले त्यति मात्रै राखौ। जे जस्तो परिस्थितिमा ति असन्तुष्टिहरु प्रकट भइराखेका थिए र त्यो यथा समयमै हाइज्याक भयो। देशी विदेशी प्रतिक्रान्तिकारी प्रतिक्रियावादी शक्तिहरुले त्यसलाई हाइज्याक गरे स्वयम् जेन्जीका लिडरहरुले नै आन्दोलन हाइज्याक भयो र हामी सित भयो भन्ने कुरा सार्वजनिक रुपमा घोषणा गरिसकेको स्थिति थियो। र त्यो सन्दर्भमा त्यो आन्दोलनको नेतृत्व हाइज्याक मात्र भएन आन्दोलन अर्को ढंगले मोडियो र त्यसको गन्तव्य पनि मोडियो। जहाँ पुग्यो एउटा प्रतिक्रान्तिकारी मोडमा राष्ट्रिय राजनीतिक परिस्थिति पुग्यो। त्यहाँ निर पार्टी लिडरशिपको भूमिका पछिल्ला भूमिकाहरुले संविधानको केहि त्यहाँ निर बसेको छ भन्ने कुरा हामीले महसुस गरिराखेका छौँ।
आजको दृष्टिकोणबाट हेर्दा खेरि आजको सन्दर्भबाट हेर्दा यो परिस्थिति मुलुकको राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको अधिकारको दृष्टिले होस् लोकतन्त्रलाई अझ समृद्ध गर्ने समाजवाद आधार निर्माण गर्ने दृष्टिले होस् दुवै दृष्टिले अत्यन्त जोखिमपूर्ण बन्दै गइराखेको छ। आजको परिस्थिति यही हो। राष्ट्रिय स्वाधीनताको दृष्टिले र लोकतन्त्रकोलाई सुदृढीकरण गर्ने र समाजवाद आधार निर्माण गर्ने दृष्टिले दुवै तरिकाले आज मुलुक जोखिमपूर्ण एउटा मोडमा खडा भइराखेको छ। यो परिस्थितिको सामना हामी कसरी गर्छौ र यो सामना गर्ने कार्यदिशा हाम्रो के हुनुपर्दछ? आज राजनीतिक दृष्टिले हेर्दा खेरि यो विषय आजको छलफलको केन्द्रीय विषय हो।
यो वस्तुत दलाल पुजीवाद विरुद्धको संघर्षलाई अझ व्यवस्थित गर्नुपर्ने त्यसको कार्यदिशा अझ स्पष्ट गर्नुपर्ने त्यसलाई कार्यान्वयन गर्नको लागि दृढतापूर्वक लाग्नुपर्ने कुरा नै यसको समाधानको बाटो हो। तर यहाँ स्पष्ट हुनुपर्ने कुरा दलाल पुजीवाद विरुद्धको संघर्ष भनेको त्यो राष्ट्रिय आन्दोलन मात्र होइन। अध्यक्ष कमरेड दलाल पुजीवाद विरुद्धको संघर्ष वस्तुत त्यो समाजवादको आधार निर्माण गर्ने संघर्ष नै हो। त्यो अझ उन्नत लोकतन्त्र प्राप्तिको निम्ति गरिने संघर्ष हो र त्यसको राष्ट्रको स्वाधीनतालाई सुदृढ गर्नेका निम्ति गरिने संघर्ष हो। यस दृष्टिले यो उन्नत लोकतन्त्रलाई अझ उन्नत बनाउने र राष्ट्रको स्वाधीनतालाई अझ सुदृढ गर्ने विषय हो। त्यसैले यो दलाल पुजीवाद विरुद्धको संघर्ष यो राष्ट्रिय आन्दोलनको चरित्रको रुपमा मात्र विकसित हुदैन। यो लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको आन्दोलनको एउटा फ्युजन अझ संयोजन भएर अगाडी बढ्ने स्थिति हो।
आज हामी यो ढंगले अगाडी बढ्नु उपयुक्त हुन्छ र यो नै आवश्यक हुन्छ भन्ने मलाई लाग्दछ। आजको सन्दर्भमा हेर्दा खेरि यसरी हेर्दा यो राजनीतिक दृष्टिको अब चुनाव चुनाव त हुन्छ कि हुदैन भन्ने बारेमा यहाँ कुराहरु भइराखेको छ। संविधान ट्रयाक आउट भएको छ। संविधानको क्रस अलिकति बसेको छ तर त्यसलाई ट्रयाक इन गर्ने कुरा आजको मुख्य कुरा हो। ट्रयाक इन गर्ने कुराको मुख्य माध्यम निर्वाचन हो हामी निर्वाचन केन्द्रित हुन्छौ। तर सबै परिस्थितिहरुलाई हेर्दा निर्वाचनका बारेमा विभिन्न जे आशङ्काहरु उब्जिराखेका छन् र जे परिस्थिति निर्माण वस्तुत हुदै गइराखेको छ यो सबै सन्दर्भमा निर्वाचनमा केन्द्रित हुदै संविधानलाई ट्रयाकमा ल्याउने सम्भव अन्य उपायहरुको तर्फ पनि हाम्रो ध्यान गइराख्नु पर्ने हुन्छ। त्यो कुरालाई पनि हामीले ध्यानमा राखिराख्न जरुरी छ आजका दिनमा। अब जहाँसम्म पार्टीको औचित्यको पुनर्पुष्टिको प्रसंग छ पार्टीको औचित्यको पुनर्पुष्टिको निम्ति हामीले हाम्रो पार्टीको विचार हाम्रो आज दलाल पुजीवाद विरुद्धको संघर्षको राजनीतिक कार्यदिशा त्यसलाई नेतृत्व गर्ने संगठनको संरचना र त्यसलाई लागु गर्ने कमिटमेन्टको हिसाबले हामीले नयाँ स्तरमा उठ्न जरुरी छ। यो सबै गर्नको लागि महाधिवेशन एउटा उपयुक्त माध्यम छ।
जहाँ विचारलाई हामीले अफ गर्ने छौ जहाँ संगठनलाई नयाँ ठाउँमा लैजाने छौ त्यसो गर्दाको लागि महाधिवेशन विशेष महाधिवेशनको बाटोमा जाने अहिले आयोजक समिति बनाउने अध्यक्ष कमरेडको नेतृत्वमा अब यो आयोजक समिति बनाएर महाधिवेशन विशेष महाधिवेशनमा केन्द्रित हुने कुरा नै यो नयाँ ढंगको पार्टी निर्माणको लागि आजका राजनीतिक चुनौतीहरुलाई सामना गर्नको निम्ति यो उपयुक्त हुनेछ। यहाँ यसो कुरा गर्दा पार्टी भित्र हुने छलफल बहसबाट हामीले अन्यथा लिइराख्नु पर्दैन। विचारहरुमा बहस हुनलाई हामीले त्यसलाई प्रोत्साहित नै गर्नुपर्दछ निषेध गर्न जरुरी छैन। तर यो पनि हामीले ध्यान दिनुपर्दछ पार्टीमा मैले राखेको कुरा लागु भएन भने अब फेरी ल बहसलाई सदा खुल्ला बनाइहाल्ने यो ढंगले पनि उपयुक्त हुदैन। यसकारण पार्टीकोलाई भित्रको छलफललाई हामी सम्मान गरौ त्यसलाई प्रोत्साहित गरौ र छलफल पछि हुने निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वयन गरेर मात्रै हामी आज जे चिन्ता गरिराखेका छौ जे कुरा गरिरहेको छौ त्यो कुरा गर्न सकिनेछ।
Shares

प्रतिक्रिया