राजनीति


जेनजी आन्दोलनमा दमन गर्नेहरू पक्राउ पर्न सक्छन्ः गृहमन्त्री अर्याल

जेनजी आन्दोलनमा दमन गर्नेहरू पक्राउ पर्न सक्छन्ः गृहमन्त्री अर्याल

नेपालखबर
असोज ९, २०८२ बिहिबार २१:३५, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन गर्नेहरू पक्राउ पर्न सक्ने बताएका छन्। 

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री अर्यालले राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको भन्दै आयोगको सल्लाह र सिफारिस बमोजिम काम गर्ने दृढता व्यक्त गरे। 

केही शीर्ष नेताको राहदानी रोक्का गर्ने विषयबारे पनि सञ्चारकर्मीले गृहमन्त्री अर्यालसँग जिज्ञासा राखेका थिए।

‘राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेका छन्। तत् तत् काममा यो कुरा लेखिसकिएको छ। के के गर्नुपर्छ भन्ने कुराहरू। त्यही बमोजिम हुन्छ’ उनले भने, ‘अनुसन्धान गर्ने निकायले के के रोक्नुपर्छ, त्यतिमात्र (राहदानी मात्र) किन होला? बयान पनि लिनुपर्ला। पक्राउ पनि गर्नुपर्ला। जे हुन्छ, त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। आयोग गठन भएको छ। आयोगले काम गर्छ।’

उनले शुसासनको मामलामा सरकारले दह्रोसँग खुट्टा टेक्ने बताए। निर्वाचन गर्न ६ महिनाको म्यान्डेट लिएर आएको सरकार भएकोले आफ्नो काममा सरकार पछाडि नहट्ने उनको भनाई थियो।

उनले भने, ‘शुसासनको मामलामा सरकारले खुट्टा टेकेन भने यो सरकारको म्यान्डेटमाथि पनि प्रश्न आउँछ। जेनजीहरूले प्रश्न उठाउन सक्छन्। त्यसकारण प्रधानमन्त्रीज्युले आफ्नो सम्बोधनमा भनिसक्नुभएको छ कि शुसानको मामलामा यो सरकारले दह्रोसँग खुट्टा टेक्छ।’

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या र अगाजनबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगले आजैबाट काम समेत थालेको छ।

आयोगले आन्दोलनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण र तथ्य प्रमाण माग गर्ने निर्णय गरेको छ।

आयोगले सर्वोच्च अदालत, गृहमन्त्रालय, मुख्यमन्त्रीका कार्यालय लगायतका निकायबाट त्यस्ता विवरण माग गर्ने निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad