अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र युरोपेली संघ (ईयू) का राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र राजदूतबीच शिष्टाचार भेट भएको हो।
ईयूका राजदूतसँगै फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूतले पनि शिष्टाचार भेट गरे। जेनजी आन्दोलनसँगै भएको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ।
जेनजी आन्दोलनसँगै केपी शर्मा ओली नेतृत्वको सरकार पतनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त भएकी हुन्।
यसअघि पनि भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीसँग भेट गरिसकेका छन्।
204
Shares

प्रतिक्रिया