राजनीति


फागुन २० सम्म १८ वर्ष उमेर पुग्नेले कात्तिकभरि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

फागुन २० सम्म १८ वर्ष उमेर पुग्नेले कात्तिकभरि मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

नेपालखबर
असोज ९, २०८२ बिहिबार १५:३, काठमाडौँ

निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ।  

आज बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपालखबरलाई जानकारी दिए।

'हो कात्तिक मसान्तसम्म मतदाता अध्यावधिक गर्ने समय तोक्ने निर्णय भएको छ' उनले भने।

आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उनको भनाइ छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ।

निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था छ। तर सरकारले बुधबार अध्यादेश ल्याएर उक्त व्यवस्था हेरफेर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad