राजनीति


प्रचण्डले भने- जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन

प्रचण्डले भने- जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन

नेपालखबर
असोज ९, २०८२ बिहिबार १२:२२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ पदलोलुप नभएको तर अहिलै नै जिम्मेवारीबाट नपन्छिने बताएका छन्। 

बिहीबार प्रज्ञा प्रतिष्ठानमा सुरु भएको माओवादी केन्द्रको सातौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै राष्ट्र, पार्टी र क्रान्तिका लागि अन्तिमसम्म लडिरहने बताए। 

‘यो जिम्मेवारीबाट पन्छिने बिल्कुल सोचेको छैन, तर पदलोलुपता मेरो नेचर हैन,’ प्रचण्डले भने, ‘त्यसैलै अहिले पनि म हुनै पर्ने भन्ने छैन।राष्ट्र, क्रान्ति, र पार्टीको लागि अन्तिमसम्म लडिरहने प्रतिज्ञा गर्छु।’

उनले नेतृत्व निर्माण र हस्तान्तरणको प्रक्रियाबारे न्यूनतम  बुझाई कायम गर्न जरुरी रहेको समेत जिकिर गरे। 

प्रचण्डले राजीनामा दिनुपर्ने भन्दै पार्टीका महासचिव जनार्दन शर्माले पछिल्लो समय दववा बढाउँदै लगेका थिए। 

त्यसलाई काउन्टर दिँदै प्रचण्डले असोज ५ गते बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति भंग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। 

आजको केन्द्रीय समितिबाट उक्त प्रस्तावलाई अनुमोदन गर्दै प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउने तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad