राजनीति


गृह मन्त्रालय तानिए काठमाडौँका सीडीओ, पौडेललाई खटाइयो

गृह मन्त्रालय तानिए काठमाडौँका सीडीओ, पौडेललाई खटाइयो

नेपालखबर
असोज ८, २०८२ बुधबार २१:३२, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार रिजाललाई गृहमन्त्रालय तान्दै ईश्वर पौडेललाई खटाउने निर्णय गरेका गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। 

सहसचिव पौडेल यसअघि उद्योग मन्त्रालयमा कार्यरत थिए। रिजाललाई गृह मन्त्रालय तानिए पनि जिम्मेवारी तोकि सकिएको छैन। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोलि चलाउन आदेश दिएको भन्दै रिजालको आलोचना भइरहेको छ। छानविन गरेर उनलाई कारबाही गर्न माग पनि भइरहेको छ। 

आन्दोलनकारीको निसानामा परेका रिजाल जेनजी आन्दोलनपछि काठमाडौँ प्रशासनमा फर्किन समेत सकेका थिएनन्। 

यसअघि मंगलबार गृह मन्त्रालयका सचिवको पनि सरुवा गरिएको थियो। सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेर रक्षा मन्त्रालयमा रहेका रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी दिइएको छ। 

प्रहरीतर्फ पनि काठमाडौँको सेट नै परिवर्तन गरिएको छ। काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीलाई हेडक्वार्टर सरुवा गरेर रमेश थापालाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। 

दुवैजना एसपी पनि सरुवा भइसकेका छन्। एसपी अपीलराज बोहरा र कुलदीप चन्दलाई सरुवा गरेर पवन भट्टराईलाई ल्याइएको छ। काठमाडौँका ८ वृत्तका प्रहरी प्रमुखहरु पनि हेरफेर भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad