राजनीति


प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालखबर
असोज ८, २०८२ बुधबार २०:२४, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

प्रधानमन्त्री कार्कीले पहिलोपटक सम्बोधन गर्न लागेकी हुन्।

उनले सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने तयारी छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्।

प्रधानमन्त्रीको सम्बोधनअघि भोलि नै साँझ मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad