नेकपा (माओवादी) निकट जेजनीहरुले पार्टीका हरेक समितिमा आफूहरुको २५ प्रतिशत सहभागिता हुनुुपर्ने माग गरेका छन्। बुधबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएका हुन्।
उनीहरूले पार्टीका सबै तह (केन्द्रीय, प्रदेश, जिल्ला, स्थानीय समिति) मा न्यूनतम २५ प्रतिशत जेनजीको प्रतिनिधित्व हुुनुपर्ने, पार्टीको विधान संशोधन गरी त्यसलाई संस्थागत गनुपर्ने र आगामी विशेष महाधिवेशनमामा जेनजको २५ प्रतिशत संख्यात्मक उपस्थिति सुनिश्चित गर्नुपर्ने माग राखेका हुन्। 
477
Shares

प्रतिक्रिया