नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको चर्चा चलिरहेका बेला सभापति शेरबहादुर देउवानिकट सुदूरपश्चिम प्रदेशका नेताहरूले भने त्यसको खण्डन गरेका छन्।
आज एक विज्ञप्ति जारी गर्दै नेताहरूले महाधिवेशनको माग गर्दै भएको हस्ताक्षर अभियानले पार्टीलाई कमजोर बनाउने उनीहरूको निष्कर्ष छ।
‘पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलन जस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने, पार्टीमा एकता कायम हुन नदिनेजस्ता गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने भएकोले सबै साथीहरू सचेत र सजग रहन अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
केही केन्द्रीय सदस्य, सुदूरपश्चिमका मुख्यमन्त्री, राष्ट्रिय सभा सदस्य, प्रदेश समितिका कार्यवाहक सभापतिलगायतले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीमा अहिले एकताको आवश्यकता रहेको बताएका हुन्।
यसअघि केही सभापति देउवा समूहमा रहेका भनिएका, महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालानिकटका १०९ जना महाधिवेशन प्रतिनिधिनिहरूले हस्ताक्षर अभियानको सुरुवात गरेका थिए।
उनीहरूले अहिले विषम परिस्थिति रहेको र यही समयमा पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै अभियान सुरु गरेको बताएका छन्। यही समयमा देउवानिकटहरूले भने नेतृत्व छाड्न नहुने भनेका छन्।
Shares

प्रतिक्रिया