राजनीति


मन्त्रिपरिषद् ८ सदस्यीय हुँदा यस्तो छ, वरीयताक्रम

मन्त्रिपरिषद् ८ सदस्यीय हुँदा यस्तो छ, वरीयताक्रम

नेपालखबर
असोज ६, २०८२ सोमबार २०:४२, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार गरिएको छ। 

सोमबार थप ४ मन्त्री नियुक्ति गर्दै मन्त्रिमण्डल ८ सदस्यीय बनाइएको हो। 

राष्ट्रपति रामचन्द्र पौडेलले अनिलकुमार सिन्हालाई उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण, महावीर पुनलाई शिक्षा तथा विज्ञान प्रविधि, मदनप्रसाद परियारलाई कृषि तथा पशुपन्छी विकास र जगदीश खरेललाई सूचना तथा सञ्चार मन्त्रालयको शपथ खुवाएका हुन्।

यस क्रममा राष्ट्रपतिले प्रधानमन्त्री कार्कीको सिफारिसमा जिम्मेवारी हेरफेर तथा थपघट पनि गरेका छन्।

यसअघि नै नियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई सामान्य प्रशासन मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ भने गृहमन्त्री ओमप्रकश अर्यालले सम्हालिरहेको कानुन मन्त्रालय नवनियुक्त मन्त्री सिन्हालाई दिइएको छ। योसँगै सिन्हाले ३ मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

कुलमान घिसिङको जिम्मेवारीमा भने पहिलेकै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी ३ मन्त्रालय छन्।

मन्त्रिपरिषद् विस्तारसँगै ७ मन्त्रीको वरीयता पनि निर्धारण गरिएको छ। जसअनुसार प्रधानमन्त्री कार्कीपछि क्रमश: खनाल, घिसिङ, अर्याल, सिन्हा, पुन, परियार र खरेल छन्।

हेर्नुहोस् सूची:

  

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad