शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले लैनचौरस्थित शिक्षा मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन्।
सोमबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन्।
सरल जीवनशैलीका शिक्षामन्त्री पुन केशर महल छिर्दा उनको हातमा एक थुँगा फूल थियो। उनलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गरे।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरे।
अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भवन ध्वस्त भएपछि केशर महलमा सारिएको हो। केही वर्षअघिसम्म शिक्षा मन्त्रालय केशर महलमै थियो।
हेरौँ तस्बिर :










Shares

प्रतिक्रिया