राजनीति


तस्बिरमा ४ मन्त्रीको शपथ ग्रहण

तस्बिरमा ४ मन्त्रीको शपथ ग्रहण

सरोज नेपाल
असोज ६, २०८२ सोमबार १६:२५, काठमाडौँ

नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्। 

शपथ खानेहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेल रहेका छन्। 

सिन्हाले उद्योग, वाणिज्य तथा आपुर्ति, कानुन, न्याय तथा संसदीय मामिला  र भूमि व्यवस्था तथा गरिबी निवारण, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, परियारले कृषि तथा सहकारी र खरेलले सञ्चार, सूचना तथा प्रविधि  मन्त्रीको रुपमा शपथ लिएका हुन्। 

यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad