नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई मन्त्री क्वार्टर नचाहिने बताएका छन्।
केशरमहलस्थित शिक्षा मन्त्रालयमा पदभार ग्रहण गर्दै पुनले आफू मन्त्रालयमै बस्ने बताए।
‘मलाई मन्त्री क्वार्टर चाहिन्न, सचिवज्युलाई अहिले नै के निर्देशन दिन चहान्छु भने यहाँ एउटा कोठा बनाउनुहोस्,’ पुनले भने, ‘त्यहाँ एउटा बेड भए पुग्छ। जहाँ काम ग¥यो, त्यही बस्ने बानी छ मेरो।’
‘किचेन चाहियो, म आफै पकाएर खान्छु,’ उनले थपे।
पुनले आफूूलाई सुरक्षा पनि नचाहिने बताए। ‘एउटा प्रहरी र एउटा सेनाको गरेर २ जना रहेछ, भाइहरुलाई मैले भनेको छु आफ्नो कमाण्डरहरुलाई रिर्पोट गर्नु कि यो मन्त्रालयमा छँदै यही बस्ने हो,’ उनले भने, ‘म मन्त्रालय बाहिर गएपछि मेरो पछि पछि आउनु पर्दैन भनेको छु।’
त्यस्तै गाडी कार्यालय काममा बाहेक अरुपमा प्रयोग गर्ने समेत पुनले बताए। ‘अफिस टु अफिस काम पयो भने मन्त्रालयको काम गर्छु,’ उनले भने।
Shares

प्रतिक्रिया