राजनीति


विद्युत् प्राधिकरणमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

विद्युत् प्राधिकरणमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

नेपालखबर
असोज ५, २०८२ आइतबार १९:३८, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।  

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो।  

सिलवाल प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक हुन्। सिलवालको कार्यावधि ४ वर्षको रहने छ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते शाक्यलाई नियुक्त गरेको थियो। 

विद्युत् महसुल तिर्न बाँकी रहेका कम्पनीबाट बक्यौता पठाउनुपर्ने घिसिङको माग थियो भने तत्कालीन सरकारले आनाकानी गरिरहेको थियो। 

विवाद बढ्दै जाँदा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले घिसिङलाई पटक-पटक स्पष्टीकरण सोधेका थिए। र, अन्तिममा सरकारले उनलाई हटाउने निर्णय गरेको थियो। 

तर, जेनजी आन्दोलनले ओली सरकार ढल्यो भने अन्तरिम सरकारमा घिसिङ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालन आइपुगे।  उनकै प्रस्तावमा शाक्यलाई हटाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad