राजनीति


जेनजी आन्दोलन: जाँचबुझ आयोगको अध्यक्षमा कार्की

जेनजी आन्दोलन: जाँचबुझ आयोगको अध्यक्षमा कार्की

नेपालखबर
असोज ५, २०८२ आइतबार १९:४६, काठमाडौँ

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।

२३ गते जेनजी आन्दोलनमा तत्कालीन प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १९ जनाको ज्यान गएको थियो। २४ गते विभिन्न सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी भएको थियो। 

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ती घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो।

बैठकपछि मन्त्रिपरिषद्का निर्णय सुनाउँदै गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका जानकारी दिए। 

आयोगको कार्यावधि तीन महिना रहेको उनले बताए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरेको बताए। 

यस्तै, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको बताए।

रिक्त प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त गरेको बताए।

दुवैको कार्यावधि ४ वर्षको रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad