हामी नेपालका संस्थापक सुदन गुरुङले राष्ट्रपति भवन शीतलनिवासमा आफू सेलिब्रेट गर्न नगएको बताएका छन्।
शनिबार उनले भिडिओ वक्तव्य जारी गर्दै उनले सही के हो वा गलत के हो भन्ने थाहा पाउन केही समय पर्खिन समेत जेनजीहरूलाई आग्रह गरेका छन्।
‘हामी आफैँले पनि कुन गलत हो, कुन सही हो भन्ने पर्खन सक्नुपर्छ,’ गुरुङको भनाइ छ, ‘सबै जनाको दिमाखमा आइरहेको छ कि हिजो त्यहाँ म किन सेलिब्रेट गर्न गएँ। म त्यहाँ सेलिब्रेट गर्न गएको होइन। मलाई सेलिब्रेट गर्नु पनि छैन।’
उनी संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए। त्यहाँ राजनीतिक दलका नेताहरू पनि सहभागी थिए।
नेताहरुलाई त्यहाँ बोलाइएको र उनीहरूले ठााडो शीर नपारुन भनेर आफू त्यहाँ गएको उनको स्पष्टीकरण छ। ‘नेताहरु सबै आउने भनेपछि यिनीहरू (नेताहरू) सिङ उचालेर जान्छ भनेर म त्यहाँ गएको हो,’ गुुरुङले भनेका छन्, ‘त्यहाँ म एउटा नेतासँग पनि बसिनँ। एउटै लेभलको कुर्सीमा बस्दा पनि बसिनँ। म उभिएरै बसेँ। पानीमा रुझेर बसेको हु।’
राष्ट्रपति निवासको आफूले पानी समेत नखाएको उनको भनाइ छ। ‘चिया खाम भनेको थियो, मैले चिया खादिनँ भने,’ गुरुङले भनेका छन्, ‘पानी खादिनँ भनेको हो, भाइ बहिनीहरूको रगत बगेको छ, मलाई यिनीहरुको केही खानु पनि छैन। यिनीहरू (नेताहरू) शीर उठाएर नहिँडोस् भनेर म त्यहाँ गएको हो।’
आफूले नेपाली कांग्रेसका नेता गगन थापासँग भने कुरा गरेको र यसरी नचल्ने बताएको गुरुङको भनाइ छ।
यस्तै राष्ट्रपति र संविधान नै नरहँदा देश नै अप्ठ्यारोमा पर्ने भन्दै आफूले त्यो विषयमा अडान नलिएको समेत उलने प्रष्ट पारे।
आफूमा कुनै लोभ नभएको र आफूले व्यक्तिगतरुपमा केही पनि नमागेको गुरुङले दाबी गरे।
Shares

प्रतिक्रिया