समाज


२४ सै घण्टा यात्रुको गुनासो सुन्न र सडक अवरोध तुरुन्तै खोल्ने व्यवस्था गर्न कुलमानको निर्देशन

२४ सै घण्टा यात्रुको गुनासो सुन्न र सडक अवरोध तुरुन्तै खोल्ने व्यवस्था गर्न कुलमानको निर्देशन

नेपालखबर
असोज ४, २०८२ शनिबार १५:३६, काठमाडौँ

ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले २४ सै घण्टा यात्रुको गुनासो सुन्न र सडक अवरोध तुरुन्तै खोल्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। 

चाडबाड लक्षित यातायात व्यवस्थापन र सडक सुरक्षाका विषयमा शनिबार सरोकारवालासँग छलफल गर्दै उलने यस्तो निर्देशन दिएका हुन्। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीसँगको छलफलपछि गरिएको निर्णयमा भनिएको छ,‘मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्‍चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।’

यस्ता छन् बैठकबाट भएका निर्णयहरूः

निर्णय नं. १
 नागढुंगा-सिस्नेरी सुरुङमार्ग सम्बन्धमाः काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारी साधनहरुमध्ये यात्रुबाहक सार्वजनिक सवारी साधनहरु सो सुरुङमार्गबाट बाहिर जाने र दसैँपछि माथि उल्लिखित सवारी साधन प्रवेश गर्न गराउने व्यवस्थाका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने।

निर्णय नं. २ 
सुरक्षा व्यवस्थापन सम्बन्धमाः काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गहरुमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी संख्या थप गर्न गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने।

निर्णय नं. ३ 
मालबाहक ठुला सवारी साधनहरु साञ्‍चालन सम्बन्धमाः राजमार्गहरुको कमजोर अवस्था तथा यात्रुबाहक सवारी साधनहरुको आवागमनलाई प्राथमिकता दिनु पर्ने भएकाले बुटवल-नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर लागूू हुने गरी ठूूला भारबाहन सवारी साधनह (१२ चक्के र सोभन्दा माथि) सञ्‍चालन नगर्न नगराउन अनुरोध गर्ने तथा खाध्यान्न लगायतका अत्यावश्यक सामाग्रीहरु ढुवानी गर्ने सवारी साधनहरुलाई निरन्तर आवागमन हुने व्यवस्था गर्ने गराउने।

निर्णय नं. ४ 
सडक स्तरोन्नति तथा सुधार सम्बन्धमाः मुलुकभरीका मुख्य सडकहरुलाई चुस्त दुरुस्त राख्न, सुधार गर्न गराउन, पहिरोजन्य विपदहरुको व्यवस्थापन गर्न आवश्यक समाग्री तथा यन्त्रहरुको व्यवस्थापन गर्न, बुटवल-नारायाणगढ सडकको दाउने खण्डमा २४ सै घण्टा दुई तर्फी यातायात सञ्चालन गर्न, नारायणगढ- मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमाल्याउने र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँ अगाडि नै सञ्‍चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न गराउन सडक विभागलाई निर्देशन दिने।

निर्णय नं.५ 
आम नागरिकहरुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने।

निर्णय नं. ६ 
कार्यविधि/ निर्देशिका सम्बन्धमाः सार्वजानिक सवारी साधनहरुलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि/ निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेस गर्न निर्देशन दिने।

निर्णय नं. ७. 
कन्ट्रोल रुम सम्बन्धमाः मुलुकभरीको सडकहरुको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न गराउन २४ घण्टा नै सञ्‍चालन हुने गरी फोकल पर्सन समेतको व्यवस्थापन गर्न गराउन सडक विभागलाई निर्देशन दिने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad