संविधान दिवस तथा राष्ट्रिय दिवस- २०८२को अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोह आयाेजना गरिएको छ।
नेपालको संविधान २०७२ दश वर्ष पूरा भएको अवसरमा संविधान दिवस मूल समारोह समितिले कार्यक्रम आयोजना गरेको हाे।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, नेपालस्थित विदेशी नियोगका प्रमुखलगायत उपस्थित थिए।
राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन्।
































































Shares

प्रतिक्रिया