ad ad

राजनीति


नयाँ घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भयो : माधव नेपाल

नयाँ घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भयो : माधव नेपाल

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ११:४१,

नेपाल कम्युनिष्ट पार्टीको वरिष्ट नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई अध्यादेश ल्याउने सरकारी निर्णयबाट संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने बताएका छन्।

उनले सरकारका पछिल्ला घट्नाक्रमका कारण पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको उनले बताएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै नेता नेपालले सरकारको नेतृत्वले अहिलेको विषम परिस्थितिमा जिम्मेवारपूर्ण कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन्।

‘हाल विकसित कतिपय घटनाक्रमले पार्टीभित्र अनेकौं आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ,’ उनले भनेका छन्। ‘यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नुपर्दछ।’

सरकारले सोमबार राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी एक अध्यादेश पारित गरेको थियो भने संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेताको सहमतिबिना पनि निर्णय लिनसक्ने गरी अर्को अध्यादेश पारित गरेको थियो। 

उनले कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला नेपाल सरकार तथा सरकारको नेतत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, आफ्नो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित गर्न आग्रह गरेका छन्

‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानुनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने काम–कुरा हुनुहुदैन,’ उनले भनेका छन्।

MadhavNepal statement

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .