नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवसमा खबरदारी र जागरणसभा गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेर पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाको आयोजनामा मुलुकभर खबरदारी र जागरण सभा गर्न निर्देशन दिएको हो।
कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असोज ३ गते संविधान दिवसका दिन खबरदारी र जागरणसभा गर्ने केन्द्रका तर्फबाट निर्णय भएको र त्यो कार्यक्रम पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाले आयोजना गर्ने जानकारी दिए।
गत भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको प्रावधान बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रूपमा असहमति जनाएको कांग्रेसले संविधान दिवसका दिन खबरदारीसभा गर्न लागेको हो।
उनले पार्टीका जिल्ला समितिले गोष्ठी, शान्तिपूर्ण प्रदर्शन र अन्तरक्रिया गर्ने जानकारी दिए। संविधानको संरक्षण र पालनामा दबाब दिन त्यस्ता कार्यक्रम आयोजना गरिएको विश्वकर्माले बताए।
Shares

प्रतिक्रिया