प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
नयाँ तथा विकसित परिस्थितिबारेमा धारणा बनाउन शनिबार (४ असोज) काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको हो।
आजपा केन्द्रीय कार्यालयका सदस्य त्रिभुवन साहले पछिल्लो राजनीतिक अवस्थाको बारेमा धारणा बनाउन केन्द्रीय कमिटीको बैठक बस्न लागेको जानकारी दिए।
संघीय सरकारमात्र नभई ७६१ वटै सरकार र सबै निकाय भ्रष्टाचारमा लिप्त भएकाले संघीय सरकार परिवर्तन गरेर नेपाली जनताको अवस्था परिवर्तन नहुने आजपाले जनाएको छ।
120
Shares

प्रतिक्रिया