नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशनको तयारी गरेको छ।
अस्पतालले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
यसका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको अस्पतालले जनाएको छ।
उक्त सम्झौतामा नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपालबाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा परिचित नाम हो।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शय्याको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरेको थियो।
अहिले २०० शय्याको बहु-विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ। यो ३०० शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियामा छ, जुन नेपालको पहिलो र अग्रणी कर्पोरेट अस्पतालको रुपमा छ।
अस्पतालले अत्याधुनिक पूर्वाधार, चिकित्सा प्रविधि, दक्ष जनशक्ति तथा निरन्तर लगानीको साथ, बिरामीहरूले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गर्दै आएको छ।
Shares

प्रतिक्रिया