राजनीति


प्रधानमन्त्री कार्की र भारतका समकक्षी मोदीबीच आज कुरा हुने

प्रधानमन्त्री कार्की र भारतका समकक्षी मोदीबीच आज कुरा हुने

फाइल तस्बिर : प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी


नेपालखबर
असोज २, २०८२ बिहिबार ८:६, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज (बिहीबार) कुराकानी हुने भएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा स‌ंवाद हुने भएको हो। 

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए।

भेटमा राजदूत श्रीवास्तवले नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गरिरहेको र आगामी दिनमा पनि यो जारी रहने प्रतिबद्धता जनाए। 

साथै उनले विकास, पुनः निर्माणमा सघाउने उल्लेख गर्दै भारत नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा रहेको बताए। 

भारतीय राजदूतमार्फत प्रधानमन्त्री कार्कीले बिहीबार पारस्परिक हितका विषयमा विस्तृतमा छलफल गर्ने जवाफ दिएकी थिइन्।

त्यसअनुसार आज भारतका प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री कार्कीले भिडिओ कुराकानी गर्ने भएकी हुन्। 

यसअघि मोदीले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालको समृद्धिको कामना गरेका थिए भने मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गरेका थिए। 

जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनमा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख (प्रधानमन्त्री) बनाएका हुन्। त्यही राति संसद् (प्रतिनिधि सभा) विघटन गरेका राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन घोषणा गरेका छन्। 

अब वर्तमान सरकारको काँधमा ६ महिनाभित्र प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउनुपर्ने प्रमुख जिम्मेवारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad