राजनीति


मणिपुरबाट नेपालबारे मोदीको सम्बोधन- सुशीला कार्कीलाई बधाई, जेनजीको प्रशंसा

मणिपुरबाट नेपालबारे मोदीको सम्बोधन- सुशीला कार्कीलाई बधाई, जेनजीको प्रशंसा

नेपालखबर
भदौ २८, २०८२ शनिबार १९:३०, काठमाडौँ

भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेकी सुशीला कार्कीलाई बधाई दिएका छन्। 

शनिबार भारतको मणिपुरबाट नेपालबारे सम्बोधन गर्दै उनले अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राखेको भन्दै प प्रशंसा समेत गरेका छन्। 

‘हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौं, आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं,’ मोदीको भनाइ छ, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो।’

उनले आन्दोलन गरेका जेनजीहरुको समेत प्रशंसा गरेका छन्। नेपालका सडकहरू उनीहरुले सफा गर्दै र रंग लगाउँदै गरेको आफूले देखेको भन्दै मोदीले भनेका छन्, ‘साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ, जसमा मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई/तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।’

यस्तो छ मोदीको सम्बोधनः

साथीहरू, आज मणिपुरको यो भूमिबाट म नेपालका मेरा साथीहरूसँग पनि कुरा गर्नेछु। 

हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो। हामी साझा इतिहासद्वारा जोडिएका छौं , आस्थाद्वारा जोडिएका छौं र सँगै मिलेर अगाडि बढिरहेका छौं। नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार सम्हाल्नुभएकोमा म आज १४० करोड भारतवासीहरूको तर्फबाट श्रीमती सुशीलाजीलाई हार्दिक बधाई व्यक्त गर्दछु। उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ। नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीलाजीको आगमन महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण हो। म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो। 

साथीहरू, नेपालमा भएको घटनाक्रममा अर्को एक विशेष कुरा छ जसमा मानिसहरूले ध्यान दिएका छैनन्। पछिल्ला दुई/तीन दिनदेखि, नेपालका युवा युवतीहरू धेरै कडा परिश्रम र शुद्धताको भावनाका साथ नेपालका सडकहरू सफा गर्दै र रंग लगाउँदै गरेको देखिन्छन्। मैले सोशल मीडियामा उनीहरूको तस्बिरहरू पनि देखेको छु। उनीहरूको यो सकारात्मक सोच, यो सकारात्मक काम प्रेरणादायी मात्र नभई नेपालको नवोदयको स्पष्ट संकेत पनि हो। म नेपालको उसको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad