राजनीति


आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न ७ दिने अल्टिमेटम

आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न ७ दिने अल्टिमेटम

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:१८, नवलपरासी,पश्चिम

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको मौका छोपेर पश्चिम् नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न नवलपरासीका जनप्रतिनिधिहरूले ७ दिने अल्टिमेटम दिएका छ्न।

पूर्वमन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गरी आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएको जानकारी दिए।

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण कलवारले आफ्नो घर जलाउनुअघि घरभित्र छिरेर लुटपाट गरिएको र त्यसपछिमात्रै आगजनी गरेको बताए। बर्दघाटबाट आगजनी गर्दै गएको समूहले नै लुटपाट पनि गरेको उनको आरोप छ। उनले प्रशासनले कारबाही नगरे आफूहरूले कारबाही गर्ने उनको चेतावनी छ।  

पूर्वमन्त्री ह्र्दयेश त्रिपाठीले घटनामा राजनीतिक कार्यकर्ताहरू भएको भए राजनीतिक रुपमै निकास गर्नु पर्ने तर घटनामा संलग्नहरू आपराधिक कृयाकलापमा संलग्न भएकाले प्रशासनले चाडो निष्कर्ष निकालेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। 

'प्रशासनले एक हप्ताभित्र कारबाही भएको महसुस गराएन भने हामीले जनतालाई रोक्न सक्दैनौँ, जनता पनि प्रहरी प्रसाशनले कारबाही गर्ला भनेर कुरेर बसेका छ्न, अन्यथा प्रशासननै थप त्यसको जिम्मेवार हुनुपर्छ' त्रिपाठीले चेतावनी दिँदै भने, 'घटनामा संलग्नलाई जनताले पनि कुनै कारबाही गरे भने केही गर्न सक्दैनौं, हामी पनि असहाय हुन्छौँ।' अहिले यो घटना घट्नुमा नागरिकमा चरम वितृष्णा रहेको उनले बताए। 

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आगजनी र तोडफोडमा संलग्नहरू तस्करी र अपराधिक क्रियाकलापमा संलग्न रहेका ब्यक्तिहरु भएको बताए। प्रशासनले एक हप्ताभित्रमा कानुनी कारबाही नगरे फरक कदम चाल्नेसमेत चेतावनी दिए।

'हामी घरबारविहीन भएका छौँ, यदि हामी भ्रष्टाचारी हौ भने राज्यले हामीमाथि छानबिन गरोस् तयार छौं, हामीलाई व्यक्तिगत प्रतिशोध छैन तर दोषीलाई कारबाही होस भन्ने हो' उनले भने। 

उनीहरूले आन्दोलनमा ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्ति गर्दै दोषीमाथि कारबाहीको माग गरे।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad