जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मारिएकाहरूको आज सामूहिक शवयात्रा निकालिँदै छ।
महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा अहिले त्यसको तयारी भइरहेको छ।

आन्दोलनका क्रममा घाइते भई त्यहाँ उपचारका क्रममा मृत्यु भएका १० जनाको शव यात्रा निकाल्न लागिएको हो।
१० शवमध्ये ६ वटालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिने र बाँकी ४ जनालाई पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सामूहिक अन्त्येष्टि गरिने बताइएको छ।
विमानस्थल पुर्याइने शव उपत्यकाबाहिरका भएकाले गृहजिल्ला लगेर अत्येष्टि गरिने भएको हो।
शवयात्रा दिउँसो १२ बजे निकाल्ने तयारी भइरहेको छ।
भ्रष्टाचारविरुद्ध जेनजीको नेतृत्वमा भदौ २३ र २४ गते भएको विद्रोहमा हालसम्म ७२ जनाको मृत्यु पुष्टि भएको छ।
टिचिङ अस्पतालमा भइरहेको सामूहिक शवयात्रा तयारीका थप तस्बिर:







Shares

प्रतिक्रिया