जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा रहेको नेपाल बार एसोसिएसनको कार्यालयमा तोपका गोला पनि भेटिएका छन्।
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा सर्वोच्च परिसरमै तोपका गोला पनि भेटिएका हुन्।
नेपाल बार एसोसियएनका महासचिव एवम् वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तोपका गोलासँगै अन्य हतियारहरू पनि भेटिएको जानकारी दिए।
'सर्वोच्चमा तोपका गोलासँगै अन्य हातहतियार पनि भेटिएका छन्,' उनले भने, 'तालिम प्राप्त समूहले आक्रमण गरेको देखियो।'
4.5k
Shares

प्रतिक्रिया