राजनीति


प्रधानमन्त्री कार्कीले भनिन्- व्यापारीहरू उठ्न नसक्ने भएका छन्, त्यसमा राज्यले विचार गर्छ

प्रधानमन्त्री कार्कीले भनिन्- व्यापारीहरू उठ्न नसक्ने भएका छन्, त्यसमा राज्यले विचार गर्छ

नेपालखबर
भदौ २९, २०८२ आइतबार १२:४८, काठमाडौँ

प्रधानमन्त्री शुशीला कार्कीले जेनजी आन्दोलनका व्यापारीको सम्पति जलाउने काम भएको भन्दै त्यसबाट ठूलो असर परेको बताएकी छिन्। 

आइतबार सिंहदरबारमा कार्यभार सम्हाल्दै उनले उनीहरुलाई एक्लै छोड्न नमिल्ने बताइन्। ‘व्यक्तिको सम्पति, व्यापारी, उद्योगीहरूको सम्पति पनि डढाउने, नमास्ने काम भएको छ,’ उनले भनिन्, ‘तिनलाई पनि हामीले जसरी उभिन्छौँ, उभेउ भन्न भएन।’

यसमा राज्यले कसरी सहयोग गर्न सकिन्छ भन्नेमा विचार गर्ने समेत बताइन्। ‘व्यक्तिगत सम्पतिको क्षति भएर कतिपय व्यापारीहरू त उठ्न नसक्ने भएका छन्,’ कार्कीले भनिन्, ‘त्यसमा पनि राज्य विचार गर्छ। हामी विचार गर्छौं कि उनीहरुलाई कसरी उठाउने?’

उनले अगाडि भनिन्, ‘कुन सहयोग दिने? बैंकको सस्तो ऋणबाट हुन्छ कि अरु केहीबाट हुन्छ।’

आगजनीबाट साना व्यापारीलाई पनि क्षति भएको कार्कीको भनाइ छ। ‘सटर खोलेका साना साना व्यापारीहरू पनि लुटिएका छन्,’ उनले भनिन्, ‘मैले समाचारमा पनि सुनेँ-जो व्यापारीको क्षति भएको छ, उहाँहरुले हामी फेरि उठ्ने कोसिस गर्छौं। हामी हार्दैनौँ।’

त्यसका लागि उनले धन्यवाद दिँदै कार्कीले भनिन्, ‘उहाँहरुले आन्तरिक बल देखाउनु भएकोमा उहाँहरुलाई धन्यवाद पनि दिन चाहान्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad