राजनीति


म रहरले प्रधानमन्त्री बनेको होइन: सुशीला कार्की

म रहरले प्रधानमन्त्री बनेको होइन:  सुशीला कार्की

नेपालखबर
भदौ २९, २०८२ आइतबार १२:९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नबनेको बताएकी छन्। 

सिंहदरबारमा आज पदभार ग्रहण गर्दै उनले आफू जनभावनाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको बताएकी हुन्।

‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन,’ उनले सम्बोधनका क्रममा भनिन्, ‘सडकबाटै मलाई जिम्मा दिँन आग्रह भएपछि म आएको हो। म सत्ताको रसस्वादन गर्न आएको होइन। उमेर पनि मेरो त्यो होइन। सेवा गर्न आएको हो।’

उनले ६ महिना भन्दा बढी आफू सत्तामा नबस्ने पनि बताइन्। ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुप्पिने अठोट म गर्छु। मलाई उहाँहरूले साथ दिनुपर्छ। सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भवन छैन।’

उनले आफूलाई चुनौतिपूर्ण परिस्थितिमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मौका मिलेको भन्दै सफलताको कामना गर्ने सबैलाई धन्यवाद दिइन्।

‘कुन परिस्थितिमा अन्तरिम सरकारको गठन भयो हामी जानकारी छौँ। २७ घण्टाको आन्दोनलमा यो सबै भयो,’ उनले भनिन्।  

उनले आन्दोलनको क्रममा सुरक्षा निकाय, प्रहरी बिट, अदालत र सिंहदरबारसमेत जलाएर नष्ट गरिएकोमा दुःख व्यक्त गरिन्। ‘हाम्रा सबै रेकर्डहरु नष्ट भयो। सर्वोच्चको फाइल जल्यो। भवन बनाउन सकिन्छ, तर रेकर्ड जल्दा हामी शूल्यमा पुग्यौँ।’

मुलुकको आवश्यक संस्थाहरुलाई छानिछानी आक्रमण भएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad