राजनीति


तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार: कार्यवाहक प्रमुख आयुक्त भण्डारी

नेपालखबर
भदौ २८, २०८२ शनिबार ११:२७, काठमाडौँ

निर्वाचन आयोगले तोकिएकै मितिमा निर्वाचन गराउन तयार रहेको जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शनिबार बिहान नेपालखबरसँगको कुराकानीमा निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको बताएका हुन्।

‘हामी निर्वाचन गराउन जहिले पनि तयारै छौँ,’ उनले नेपालखबरलाई भने, ‘मन्त्रिपरिषद्ले आकार लिएपछि यस विषयमा ठोस छलफल होला। हाम्रो तर्फबाट आजैदेखि तयारीमा लाग्छौँ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएलगत्तै उनको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आउँदो फागुन २१ गते चुनाव तोकिसकेका छन्।

कार्की ६ महिनामा चुनाव गराउने गरी शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी हुन्।

आज मन्त्रिपरिषद विस्तारबारे गृहकार्य चलिरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad