राजनीति


प्रतिनिधि सभा विघटनसँगै रुपन्देहीको चुनाव रद्द, मनाङमा के होला?

प्रतिनिधि सभा विघटनसँगै रुपन्देहीको चुनाव रद्द, मनाङमा के होला?

नेपालखबर
भदौ २८, २०८२ शनिबार ११:४१, काठमाडौँ

प्रतिनिधि सभाको विघटनसँगै रुपन्देही–३ को उपनिर्वाचन स्वतः रद्द भएको छ। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार साविकको प्रतिनिधि सभा सदस्यको बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको भएकाले विघटनसँगै सबै कार्यक्रम रद्द भएको हो।

आउँदो कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन तोकिएको थियो। राप्रपाका सांसद दीपक बोहराको निधनपछि उक्त स्थान रिक्त थियो।
मनाङमा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ मा हुन लागेको निर्वाचन तालिका भने यतावत् रहेको भण्डारीले बताए। उक्त क्षेत्र दीपक मनाङ भनिने दीपक गुरुङ ज्यान मुद्दामा दोषी ठहर भएपछि खाली भएको थियो।

‘प्रतिनिधि सभा मात्र विघटन भएको हो। प्रदेश सभा त जीवित छ नि,’ भण्डारीले नेपालखबरसँग भने, ‘प्रदेश सभा सदस्यका लागि उपनिर्वाचनको कार्यक्रम यथावत् छ।’

अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै शुक्रबार प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरिएको छ। उक्त मितिमा चुनाव गराउन आयोग तयार रहेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले नेपालखबरसँगको कुराकानीमा बताएका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad