राजनीति


नयाँ सरकार सिंहदरबारबाटै चल्छ: मुख्यसचिव

नयाँ सरकार सिंहदरबारबाटै चल्छ: मुख्यसचिव

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १२:२१, काठमाडौँ

मुख्य सचिव एकनारायण अर्यालले नयाँ सरकारले सिंहदरबारबाटै काम गर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको र त्यो सरकार सिंहदरबारबाटै चल्ने स्पष्ट पारेका हुन्।

सिंहदरबार जलिसकेकाले नारायणहिटीमा प्रधानमन्त्रीको कार्यालय राख्ने हल्ला चलिरहेका बेला त्यो सत्य नभएको उनको दाबी छ।

‘सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल पनि गर्‍यौँ। कति क्षति भएको छ, त्यसको आकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरू भइरहेको छ। त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं। सरकार सञ्चालनको विषयमf आएको सबै हल्ला हो। सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ। त्यो अनुसारको व्यवस्थापन हामी गर्छौं। अभिलेखको क्षति कल्पनासमेत गर्न सकिँदैन। पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रूपमा आकलन गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad