राजनीति


काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन, बाहिरबाट पनि झिकाइयो बख्तरबन्द गाडी

तस्बिर: तेजविक्रम कार्कीको फेसबुकबाट


नेपालखबर
भदौ २६, २०८२ बिहिबार २३:४६, काठमाडौँ

काठमाडौँमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ। खासगरी नेपाली सेनाको मुख्यालय भद्रकाली, नारायणहिटी, सिंहदरबार, शीतलनिवास, निर्मल निवास लगायतका क्षेत्रमा सेनाको बाक्लो उपस्थिति छ। अत्यावश्यक सेवाका सवारी साधन समेत आवतजावत गर्न निकै कडाइ गरिएको छ।

सडकमा आवतजावत बन्द गरिएको छ। कर्फ्यु जारी छ। 

सैनिक मुख्यालय भद्रकालीमा अन्तरिम सरकार र प्रधानमन्त्री नियुक्तिका विषयमा कसरत चलिरहँदा उपत्यकाबाहिरबाट पनि सुरक्षाफौज भित्र्याइँदै छ।

यसैगरी सेनाका बख्तरबन्द गाडीहरु पनि उपत्यकाबाहिरबाट काठमाडौँ ल्याइँदै छ।

नेपाली सेनाले हेटौँडाको बाटो भएर ठूलो संख्यामा बख्तर बन्द गाडीहरु काठमाडौँ झिकाएको छ। सेतो रङका बख्तरबन्द गाडीहरु हेटौँडाबाट काठमाडौँतर्फ आइरहेका छन्। 

काभ्रेको पाँचखालसहित उपत्यकाबाहिरका विभिन्न ब्यारेकबाट पनि सेनाको ठूलो शक्ति काठमाडौँ केन्द्रित गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad