आन्दोलनरत समूह जेनजीले राष्ट्रपति, प्रधानसेनापति र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच भइरहेको छलफल सकारात्मक दिशामा रहेको जनाएको छ।
केहीबेरअघि आजैका मितिमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्न अल्टिमेटम दिएको जेनजीले भर्खरै अर्को अद्यावधिक सन्देश सार्वजनिक गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच छलफल भइरहेको र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सम्बन्धमा छलफल धेरै सकारात्मक रहेको जेनजी समूहले जनाएको छ।
यसैबीच जेनजी समूहका अगुवा सुदन गुरुङले पूर्वप्रधानन्यायाधीश कार्कीसँगै रहेका अधिवक्ता ओमप्रकाश अर्यालसँग गरेको टेलिफोन वार्ता पनि सार्वजनिक गरेका छन्। जसमा अर्यालले संसद विघटन र अन्तरिम सरकार गठनका विषयमा कुरा भइरहेको र आफ्नो अडान त्यसैमा केन्द्रित रहेको जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया