नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक दल विभाजनसम्बन्धी ऐनको प्रावधानकै कारण कुनै पार्टी फुट्ने वा जुट्ने स्थिति नहुने बताएका छन्।
सोमबार बसेको संघीय मन्त्रिपरिषद्ले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एक ठाउँको ४० प्रतिशतले सो पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको केहि बेरमा मुख्यमन्त्री पोखरेलले सो धारणा व्यक्त गरेका हुन्।
‘ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने नि होइन। ४० प्रतिशतको प्रावधानको लोकतान्त्रिक विशेषता नै हो। अनुशासित बनौं, जिम्मेवार बनौं,’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेका नेता पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
अहिल दुवैतर्फ ४० प्रतिशत पुगे मात्र पार्टी विभाजन गर्न पाइने व्यवस्था छ। यसअघि एकतर्फ ४० प्रतिशतले चाहेको खन्डमा विभाजन गर्न पाउने व्यवस्था थियो।

प्रतिक्रिया